play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

सिटीको सहज जित

0


माघ,८।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । घरेलु मैदानमा गएराति सिटीले एस्टन भिल्लालाई २(० ले हराएको हो । सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र इल्के गुण्डोगानले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल गरेको थियो । खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा गुण्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीलाई २(० को जित दिलाए । जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।सिटीले १८ खेलमा ३८ अंक जोडेको छ । एस्टन २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

 

Share.

Leave A Reply