play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका

0

माघ,८।
४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट परेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमा डब्ल्युएचओमा फेरि फर्कनेदेखि जलवायु सम्बन्धीको पेरिस सम्झौतामा यकामै रहने तथा आप्रवासी नीतिमा नरम रहने नीति सार्वजनिक गरेका छन् । उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

Share.

Leave A Reply