play_circle_outline On Air

सिनर्जिको सानोसाथी

play_circle_outline On Air

सिनर्जिको सानोसाथी

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १७ हजार २३५ संक्रमितको मृत्यु

0


माघ,८।
विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । आज बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ८१ हजार ५४१ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ४०१ संक्रमित थपिएका छन् । योसँगै ९ करोड ७२ लाख ७९ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सक्रिय संक्रमित २ करोड ५३ लाख ६९ हजार २३० जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १२ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अहिलेसम्म ६ करोड ९८ लाख २८ हजार ९७२ जनाले कोरोनालाई जितेका छन् ।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ३०९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८२९ पुगेको छ । त्यहाँ एकैदिन १ लाख ८६ हजार ७०६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४९ लाख ९७ हजार २५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९६ लाख १६ हजार ४६० छ । २८ हजार १२९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ६ लाख नाघेको भने अहिलेसम्म १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply