play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

जाडो छल्न बाजुरामा न्यानो कपडा वितरण

0

माघ ०७,चितवन । जाडोको मौसमलाई मद्यनजर गर्दै ब्लड डोनर्स कम्युनिटी द टिम माउन्ट एभरेस्ट तथा विभिन्न सङसस्थाहरु, राष्ट्रिय सक्रिय युवाहरुको संयुक्त सहयोगमा न्यानो कपडा तथा औसधि बितरण कार्यक्रम सम्पन्न भएको छ । बिकट बाजुरा जिल्लाको बुडिनन्द नगर्पालिका ,स्वामीकार्तिक खापर गाउपालिकाका गरिब नागरिकहरुलाई लाइ न्यानो कपडा बितरण गरिएको हो ।

स्वास्थ्य मेडिकल सामाग्रीमा रक्षा फार्मेसीको सहयोग रहेको थियो । यस कार्यक्रमबाट करिब १००० घरधुरी लाभान्वित भएका छन । कार्यक्रम सम्बोधन गर्दै , सम्योजक किसान सापकोटाले बिकट बस्तीहरु मा विभिन्न सङसस्थाहरुले विभिन्न तवरबाट सहयोग पुर्याउनु पर्ने तथा कोहि चिसोका कारण  ज्यान गुमाउन नदिन सरकारि तवरबाटनै उचित कदम चाल्नुपर्ने बताएका थिए ।

Share.

Leave A Reply