play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

चेल्सीलाई हराउँदै लेष्टर शीर्ष स्थानमा

0


माघ,७।
इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीलाई २(० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन विलफ्रेड एनडीडी र जेम्स माडिसनले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २(० को जित दिलाए । बल पोजिसनमा पकड जमाएपनि चेल्सीले लेष्टरविरुद्ध गोल गर्न सकेन । उसका अग्रपंक्तिका खेलाडी गोल गर्न पटक पटक चुकेका थिए । जितसंगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ । लेष्टर दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ । चेल्सी २९ अंक जोदेत आठौं स्थानमा रहेको छ । अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ब्रुमलाई २(१ ले हराएको छ ।

Share.

Leave A Reply