play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधि सभा विघटन गर्न पाइँदैन’ःअधिवक्ता रावल

0


माघ,७।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दा हेर्दै आजका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने गरेपछि विषय केन्द्रित बहस गरिएको तेस्रो दिनमा मङ्गलबार पाँच अधिवक्ताले बहस गर्नुभयो । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधि सभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राख्नुभयो । उहाँले आज बहस सुरु मात्र गर्नुभएको थियो । उहाँले आज फेरि बहस गर्नुहुनेछ । अधिवक्ता रुद्र शर्माले कार्यपालिकाले व्यवस्थापिकाको विश्वास कायम गरेर काम गर्नुपर्ने भएकाले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार नदिएको तर्क प्रस्तुत गर्नुभयो । यस्तै अधिवक्ता हर्कबहादुर रावलले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा उहाँले विघटन गर्न नपाउने तर्क राख्नुभयो । अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि चुनाव भएकाले साढे तीन वर्षमै चुनाव गर्न नमिल्ने जिकिर गर्नुभयो ।

Share.

Leave A Reply