play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

0

माघ ०६,चितवन । हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । मंगलबार एयरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको हो । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ । ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । यो ३ हजार ५ सय ७० मीटरको उचाइमा छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ । बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण गरेको थियो । यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ । काठमाडौंमा स्थानीय समयअनुसार २ बजे अवतरणको योजना बनाइएको छ ।

Share.

Leave A Reply