play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

कोभिडका बावजुद दूरसञ्चार क्षेत्रबाट ३ अर्ब ५० करोड रोयल्टी संकलन

0

माघ ०६,चितवन । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारलाई तिर्नुपर्ने रोयल्टीमार्फत पुस मसान्तसम्म झन्डै ३ अर्ब ५० करोड उठेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सेवा प्रदायकले आफ्नो कुल आम्दानीको ४ प्रतिशतले हुने रकम प्रत्येक वर्ष पुस मसान्तसम्म रोयल्टीका रुपमा सरकारलाई बुझाउँदै आएका छन् । जस अन्तर्गत आर्थिक वर्ष २०७६र०७७ मा बुझाउनु पर्ने रोयल्टीमार्फत यही पुस मसान्तसम्म कुल ३ अर्ब ४९ करोड २१ लाख २८ हजार रकम उठेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । जुन, आ.व. २०७५र०७६ को तुलानमा भने केही कम हो । प्राधिकरणका अनुसार आव २०७५र०७६ मा कुल ४ अर्ब ५ करोड ४२ लाख १६ हजार रोयल्टीमार्फत उठेको थियो । कोभिडका कारण सेवा प्रदायकको आम्दानीमा आएको कमीका कारण रोयल्टीमा समेत असर परेको प्राधिकरणले जनाएको छ । त्योभन्दा पनि केही सेवा प्रदायकले अझै रोयल्टी बुझाएका छैनन् । त्यसले पनि उठेको रोयल्टी रकम कम देखिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार पुस मसान्तसम्म कुल ५७ वटा कम्पनीले रोयल्टी बुझाएका छन् ।

Share.

Leave A Reply