play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

आफूहरु युद्धमा नभएको प्रचण्डको भनाई,हिसांत्मक आन्दोलनतर्फ नजाने तर्क

0

माघ ०६,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु युद्धमा नभएको बताएका छन् । राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा पीडाबोध आफूले गरेको बताए । केही दिनअघि प्रचण्डले एक कार्यक्रममा शाकाहारी आन्दोलनले नपुग्ने अभिव्यक्ति दिएका थिए । आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने बताए । उनले आफूले बोलेका कतिपय कुराको अपव्याख्या भएको बताए । आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको प्रचण्डको आरोप छ ।

Share.

Leave A Reply