play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

प्रमिशा बस्याल अभिनित ‘रोगै पिरतीको’ सार्वजनिक

0

माघ ६, चितवन । पछिल्लो समय म्युजिक भिडियोमा उदाउँदै गरेकी प्रमिशाको अभिनय रहेको ‘रोगै पिरतीको’ गित हिजो(सोमबार) सार्वजनिक भएको छ।

बिमल पौडेलको शब्द रहेको उक्त गीतमा पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको छ । पछिल्लो समयका चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा रहेको म्युजिक भिडियोमा लोकप्रिय मोडल अर्जुन गौतमसंगै प्रमिशा बस्याल र अर्जुन न्यौपानेले अभिनय रहेको छ ।

सो भिडियो काठमाडौंमा छायांकन गरिएको हो । गत दिनहरुमा पनि अन्य म्युजिक भिडियोमा अभिनय गरेकी पाल्पाकी १५ वर्षीय प्रमिशाको यो भने तेस्रो भिडियो हो।

Share.

Leave A Reply