play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

पीएम कप पुरुष क्रिकेटमा आज दुई खेल हुँदै,गण्डकी र कर्णाली भिड्दै

0

माघ,६।
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा गण्डकीले प्रदेश(१ लाई २ विकेटले हराएको थियो । पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो । समूह ’ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली आर्मीसँग ८० रनले पराजित भएको थियो । यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश(२ बीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

 

Share.

Leave A Reply