play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भरतपुरमा व्यवस्थित भेटिनरी अस्पताल बन्दै

0


माघ,६।
चितवनको भरतपुरमा रहेको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भित्र थप व्यवस्थित अस्पताल बन्ने भएको छ । भरतपुरमा रहेको पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटिनरी अस्पताल सञ्चालनमा आउन लागेको हो । भेटिनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्र चितवनका प्रमुख पशु चिकित्सक डा दयाराम चापागाईका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटिनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उहाँले बताउनुभयो । भेटिनरी अस्पतालका लागि सरकारले २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।सो अस्पतालमा उपचार कक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउने साथै एक्सरे मेसिन पनि राखिने केन्द्रका प्रमुख डा चापागाईले बताउनुभयो । केन्द्रभित्र नै रहेको भवनमा बन्न लागेको उक्त भेटिनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि बन्ने भएको छ । गत वर्ष नेपाल सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने केन्द्रका प्रमुख डा. चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply