play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

प्रदेश(१ द्वारा गण्डकीलाई १ सय ३ रनको लक्ष्य

0


माघ,५।
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर(१ ले गण्डकी प्रदेशलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश(१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन मात्र बनाउन सक्यो । प्रदेश(१ का कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए । प्रदेश(१ लाई सस्तैमा समेट्न गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए । यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए ।आज गण्डकी र प्रदेश(१ पहिलो जितको खोजीमा हुनेछ । समूह ’ए’ मा रहेको दुबै टिमले अंक जोड्न सकेका छैनन् ।पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश(१ एपीएफसँग पराजित भएको थियो ।

Share.

Leave A Reply