बार्सिलोनालाई हराउँदै बिल्बाओलाई उपाधि

0


माघ,५।
एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३(२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २(२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो । उसका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो । अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १(१ गोलको बराबरीमा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २(२ को बराबरीमा ल्याएका थिए ।

Share.

Leave A Reply