कोरोना कहर ः बितेको २४ घण्टामा ५ लाख संक्रमित थपिए, करिब ४ लाख भए निको

0

माघ, ५।
विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् भने ४ लाख बढी निको भएका छन् ।सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार १६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन । त्यस्तै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ । यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका हुन। कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । मेक्सिकोमा १ हजार २ सय १९ जनाको कोरोनाका कारण ज्यान गयो । हालसम्म मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २ सय ४१ पुगेको छ । १६ लाख ३० हजार बढी संक्रमितको संख्या पुगेको मेक्सिकोमा ५ हजार बढी सिरियस केस रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

Share.

Leave A Reply