play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ आज पनि,संवैधानिक इजलासमा पुनःबहस हुने

0


माघ ,५।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि आजका लागि पेशी तोकिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट मेरिटमा प्रवेश भएको हो । आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनुवाइमा भीमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गरे । उनले संविधान अनुसार संसदमा सरकार बन्ने विकल्प नभएको अवस्थामा मात्रै प्रतिनिधिसभा विघटन हुने बताए । त्यस्तै उनले २०४७ सालको संविधानको अहिलेको संविधानसँग तुलना गरे । पहिलेको संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको भएपनि अहिलेको संविधानमा त्यो व्यवस्था नभएको बताए । २०४७ को संविधानको धारा ५३ को ४ मा प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छ । तर अहिलेको संविधानको धारा ७६ अनुसार अर्को सरकार बनाउने विकल्प हुँदाहुँदै संसद विघटन गर्ने अधिकार नभएको बताए ।

Share.

Leave A Reply