play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै

0


माघ,४।
निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना गर्दै आएका छन् ।

Share.

Leave A Reply