play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

वाग्मतीका १० जिल्लामा सवारी दुर्घटना ःसबैभन्दा धेरै चितवन जिल्लामा

0


चितवन,माघ ४।
वाग्मती प्रदेशका उपत्यका बाहिरका १० जिल्लामा सवारी साधनको दुर्घटना सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०७७र०७८ को पुस मसान्तसम्ममा ६७४ वटा सवारी साधन दुर्घटना भएका छन् । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाकाअनुसार यस प्रदेशको दुर्घटनामा १४२ जनाको मृत्यु भएको छ भने १ हजार २०७ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७६र७७ को ६ महिनामा ४४८ वटा सवारी साधन दुर्घटना भएका थिए । २६३ जनाको मृत्यु भएको थियो भने १ हजार २०१ जना घाइते भएका थिए । यो तथ्याङ्कलाई विश्लेषण गर्दा वाग्मती प्रदेशका १० जिल्लामा सवारी साधनका दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएको र सामान्य दुर्घटना हुने क्रम बढिरहेकाले दुर्घटनाको सङ्ख्या बढेकोे प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । गत आवमा १० जिल्लामा कुल १ हजार १३८ वटा सवारी साधन दुर्घटना भएका थिए । जसमा ४०४ जनाको मृत्यु भएको थियो १ हजार ९१८ जना घाइते भएका थिए । जसमध्ये ७७६ जना गम्भीर घाइते थिए ।प्रदेशका १० जिल्लामध्ये चितवनमा सबैभन्दा बढी ४२३ वटा अर्थात कुल दुर्घटनाको ३७ प्रतिशत दुर्घटना भएको थियो । चालु आव २०७७÷७८ को ६ महिनामा पनि सबैभन्दा धेरै दुर्घटना चितवनमा नै भएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

Share.

Leave A Reply