आख्यानकार पौडेलको उपन्यास ‘तपस्या’ आजबाट बजारमा

0

माघ ०३, चितवन ।  आख्यानकार आकाश पौडेलको उपन्यास ‘तपस्या’ को आज माघ ३ गते विमोचन गरिएको छ ।   सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो । सो पुुस्तक युरीका पब्लिकेशन बाट प्रकाशित भएको छ । गत बैशाख १ गते नै प्रकाशनमा ल्याउन लागिएको उक्त कृति कोरोना महामारीका कारण रोकिएको थियो । सोहि बिमोचन कार्यक्रक्रममा उपन्यासको आज नै समिक्षा पनि गरिएको छ ।

उपन्यासको वक्ताका रुपमा सौगात आचार्य र अर्का वक्ता द्वारिका नेपाल रहेका थिय । उपन्यासको समिक्षा गर्दै वक्ता आचार्यले समाजमा रहेका तेश्रो लिंगी प्रतिको समाजको सोच र तिनीहरुको इच्छा तथा चाहाना लाई यस उपन्याले उर्जाघर गरेको बताए । यसै गरि अर्का वक्ता नेपालले युवा पुस्तालाई तिनीहरुको रुचिलाई ध्यानमा राख्दै उनीहरुको बिपरित लिङ्ग प्रतिको आकर्षण तथा प्रेम जोडीहरुले सामना गर्नुपर्ने आरोह तथा अबरोहका बारेमा उपन्यास मार्फत लेखकले व्यक्त गरेको बताए । सम्पुर्ण किताब नारयÞणागढ तथा युरिका पब्लिकेशनका प्रमुख लेखाराम सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्यामपसका प्राध्यापक भूपीन खड्का प्रमुख अतिथि , तथा अतिथिहरुमा क्यामपस प्रमुख मणिराज महतो , पत्रकार तथा लेखक सुर्यप्रासाद कंडेल , साहित्यकार घायल श्री , प्रगतिशील लेखक संग चितवनकी उपाध्यक्ष्य प्रभा मरहट्टा , लेखक एल बि क्षेत्री लगाएको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सबिता अधिकारीले गरेकी थीइन ।

२३३ पेज रहेको उक्त उपन्यासको मूल्य ३५० तोकिएको छ । उदीयमान् साहित्यकार पौडेलले आफ्नो पहिलो उपन्यास तपस्या सार्वजनिक गरेका हुन् । आकाश पौडेल सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रहेका छन् । अर्घाखाँचीमा जन्मिएका उनि आफ्नो माध्यमिक तहको पढाई सकेर उच्च शिक्षा हासिल गर्न भरतपुर तानिएका थिए । यस संगै यहाँको वातावरण साथीभाई, छरछिमेक, इष्टमित्र अनि आफ्नै समाज नियाल्दै गर्दा साहित्य विद्यामा कलम उठाउन सक्ने भएकोे उनि बताउँछन् ।

 

Share.

Leave A Reply