play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण, ७१ प्रतिशत निको

0

Health workers prepare to conduct a COVID-19 test for residents at Kampung Baru, a traditional Malay village in Kuala Lumpur, Malaysia, Wednesday, April 15, 2020. The Malaysian government issued a restricted movement order to the public till April 28, to help curb the spread of the new coronavirus. (AP Photo/Vincent Thian)

माघ,३।
विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो । आज सम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुने यो दर ७१.४० प्रतिशत हो । पछिल्लो २४ घण्टामा ५ लाख ९ हजार ९२१ जना निको भएका छन् । कुल संक्रमितको २६.४५ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ५७२ नाघेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाखभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

Share.

Leave A Reply