देशका धेरै ठाउँमा मौसम बद्ली ः तराईमा शीतलहरको जोखिम

0


माघ,३।
देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद् गंगा नगरकोटीको भनाइ छ । धेरै दिनदेखि तराईमा घाम नलाग्दा जनजीवन प्रभावित भएको छ । पूर्वी र मध्य तराईका जिल्लामा हुस्सु र कुहिरो उस्तै रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । पश्चिमी तराईका जिल्लाहरुमा भने हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो हट्दै जान थालेको छ ।

Share.

Leave A Reply