play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

चितवनमा कृषि(पर्यटन क्षेत्रमा मौसमको पूर्व सूचना दिने प्रणालीको तयारी

0


माघ,३।
चितवनमा कृषि र पर्यटनको क्षेत्रमा मौसमको पूर्वसूचना दिने प्रणालीको व्यवस्थापन गरिने भएको छ । कृषि र पर्यटन क्षेत्रको हवको रूपमा जिल्ला रहेकोले यूके एड अन्तर्गतको इसिमोड र विभिन्न सरकारी निकायको साझेदारीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यस्तो सूचना प्रणालीलाई अबलम्बन गर्न लागिएको हो । कृषि ज्ञान केन्द्र चितवनसँग सहकार्य गर्न इसिमोडले सम्झौतासमेत गरिसकेको छ । चितवन नै मौसमको विविधता भएको जिल्ला भएकोले एक क्षेत्रको सूचना अर्कोतिर नमिल्ने हुनसक्ने भएकोले स्थानीय भेगकै मौसम हेरिने ज्ञान केन्द्र प्रमुख ढकालले बताए । यो कार्यक्रम चितवनमा सफल भए अन्य जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजाने सहज हुने ढकालले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले पर्यटनको क्षेत्रमा मौसमको पूर्वानुमान झनै महत्वपूर्ण हुने बताए ।

Share.

Leave A Reply