माघ ०२,चितवन । नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ। नेपालमा हालसम्म २० लाख ५ हजार १२५ जनाको कोभिड–१९ को पीसिआर परीक्षण गरिएको छ।
नेपालमा आज थप २७० जनामा कोरोना संक्रमण पुष्टि
0
Share.