play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

स्पेनिस सुपर कपमा रियललाई हराउँदै बिल्बाओ फाईनलमा

0


माघ,२।
स्पेनिस सुपर कपको फाईनलमा बार्सिलोनासंग एथ्लेटिको बिल्बाओ भिड्ने भएको छ । गएराति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै बिल्बाओले बार्सिलोनासंगको भिडन्त पक्का गरेको हो । बिल्बाओका लागि राहुल गार्सियाले दुई गोल गरे । रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । बुधबार क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । फाईनल खेल आईतबार हुनेछ । सुरुवाती अग्रता बिल्बाओले १८ औं मिनेटमा गार्सियाको गोलमा लिएको थियो ।३८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गार्सियाले बिल्बाओको अग्रता दोब्बर बनाउने काम गरे । बेन्जिमाले ७३ औं मिनेटमा एक गोल फर्काए । फ्रेन्च फरवार्ड बेन्जिमाको अर्को गोलले अफसाईडको मान्यता पाएपछि रियल खेलमा पराजित बनेको थियो ।

Share.

Leave A Reply