play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट भोलिबाट सुरुहुँदै

0

माघ ०१,चितवन । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ । टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश(१ र कर्णाली प्रदेश रहेका छन् । समूह ’बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश(२ र सुदूरपश्चिम प्रदेश रहेका छन् । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका लागि अधिकांस टिमले टिमको घोषणा गरिसकेका छन् । प्रतियोगितामा सहभागी १० वटै टिम च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् । केहि बाहेक राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडीले पीएम कप खेल्ने छन् । तर, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा खेलाडी कुशल मल्लले पीएम खेल्ने छैनन् । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले बागमती प्रदेशबाट खेल्ने छन् । उनीहरु युएईमा आयोजना हुने टी(टेन लिग खेल्न त्यसतर्फ जाने छन् ।

Share.

Leave A Reply