play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कोरोना भाईरस बारे अध्ययन गर्न डब्ल्युएचओको टोली वुहानमा

0

माघ ०१,चितवन । कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले केही दिनपछि वुहानको विभिन्न स्थान तथा ल्याबमा अनुसन्धान गर्ने बिबिसीले जनाएको छ । टोलीका सदस्यहरू १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै अनुसन्धान गर्नेछन् । यसबीचमा उनीहरूमा कोरोना पजिटिभ देखिए फिल्डमा जान पाउने छैनन् । डब्ल्युएचओको टोलीले वुहानमा प्रवेश पाउन निकै प्रतीक्षा गर्नुपरेको थियो । चीन सरकारसँग एक महिनासम्मको वार्तापछि मात्रै अनुमति पाएको हो । टोलीमा रहेका सबै सदस्य डब्ल्युएचओका अनुभवी वैज्ञानिक हुन् । त्यसपछि उनीहरूको पिसिआर टेस्ट हुन्छ । अनुसन्धान टोलीलाई चिनियाँ अधिकारीहरूले कोभिड–१९ सँग सम्बन्धित प्रमाण तथा स्याम्पल उपलब्ध गराउने जनाइएको छ । टोलीका नेता वेन इम्बारेकले एपिएफ समाचार संस्थासँग लामो यात्रापछि वुहानमा पाइला टेक्ने अवसर पाएको बताएका छन् । चीनले भने कोरोना भाइरस वुहानबाट नफैलिएको दाबी गर्दै आएको छ । भाइरसको पहिचान भने चीनले गरेको चिनियाँ वैज्ञानिकको दाबी छ ।

Share.

Leave A Reply