play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अरब र बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव, शनिबार सम्म मौसम बदली

0

माघ ०१,चितवन । हाल देशमा दक्षिणपूर्वी अरब र पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पहाडी भेगमा मौसम आंशिक बदली छ। महाशाखाका अनुसार आज राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली तथा देशका अन्य क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक(दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार साँझ ६ बजे प्रकाशन गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १ गते (बिहीबार)
राती : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ २ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती ः गण्डकी प्रदेशमा आंशिक बदली अनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ।

माघ ३ गते (शनिबार)

दिउँसो  : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती ;  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

Share.

Leave A Reply