play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आकाश पौडेलको ‘तपस्या’ माघ ३ गते विमोचन हुदैँ

0


चितवन माघ,१।
आख्यानकार आकाश पौडेलको उपन्यास ‘तपस्या’ माघ ३ गते शनिबार विमोचन हुने भएको छ । माघ ३ गते शनिबार सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम गरी उक्त पुस्तक विमोचन गर्न लागिएको हो । सो पुुस्तक युरीका पब्लिकेशन बाट प्रकाशित हुन लागेको छ । गत बैशाख १ गते नै प्रकाशनमा ल्याउन लागिएको उक्त कृति कोरोना महामारीका कारण रोकिएको थियो । उदीयमान् साहित्यकार पौडेलले आफ्नो पहिलो उपन्यास तपस्या सार्वजनिक गर्ने क्रममा छन् । लामो समयको प्रतिक्षा पछी पाठकहरु माझँ उक्त कृति पुग्ने भएको छ । आकाश पौडेल सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । अर्घाखाँचीमा जन्मिएका उनि आफ्नो माध्यमिक तहको पढाई सकेर उच्च शिक्षा हासिल गर्न भरतपुर तानिए । यस सगंै यहाँको वातावरण साथीभाई, छरछिमेक, इष्टमित्र अनि आफ्नै समाज नियाल्दै गर्दा साहित्य विद्यामा कलम उठाउन सक्ने भएकोे उनि बताउँछन् । उनि भन्छन् ‘तपस्या जवानीका रङ्गहरु र समाजमा घटेका घटनाको प्रेमभावपुर्ण प्रतिबिम्ब हो ।

Share.

Leave A Reply