play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यसपालि हिउँदे वर्षा खासै नहुने, देशका धेरै ठाउँमा सुख्खा

0


माघ,१।
यसपालिको हिउँदमा खासै पानी नपर्ने मौसमविद्को अनुमान छ ।हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ । गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्रवेश नगर्दा देशका धेरै ठाउँमा सुख्खा बढेको छ । पोहोर यतिबेला दुईरतीन पटकसम्म हिउँदे वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउनुहुन्छ । उहाँकाअनुसार अहिले मौसम धुम्मिए पनि आउँदो एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । यही जनवरी महिनाको अन्तिमसम्ममा पश्चिमी वायुको शक्तिशाली प्रणाली प्रवेश गरे मात्रै पानी पर्ने उहाँको भनाइ छ यसपालि पश्चिमी वायुले ल्याउने प्रणाली पानी पर्ने खालको नभएकाले सबै ठाउँमा वर्षा नभएको मौसमविद् पौडेलले बताउनुभयो । नेपालमा पश्चिमी वायु प्रवेश गरे पनि पर्याप्त जलवाष्पयुक्त हावा नआएकाले वर्षा हुन नसकेको हो । अहिले बादल लागे पनि पानी पार्ने प्रणाली नहुँदा सुख्खा हावा मात्रै चल्ने गरेको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डाक्टर इन्दिरा कँडेलले पनि यसपालिको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको बताउनुभयो ।

 

Share.

Leave A Reply