पुस,२९ ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । आजसम्म तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ । अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् ।संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ ।