play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रदेशमा कार्यालय विस्तार गर्न पर्यटन बोर्डले खटायो कर्मचारी, बजेट भने सरकारसँग माग

0


पुष,२८।
नेपाल पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापना गर्न तयारी थालेको छ । यसका लागि आवश्यक तयारी गर्न कर्मचारीलाई फिल्डमा खटाइएको बोर्डका सीइओ डा. धनन्जय रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार अब बोर्डले सात वटै प्रदेशमा आफ्नो कार्यालय खोल्ने भएको छ । प्रदेशमा खटिएका कर्मचारीले १० दिनसम्म आवश्यक तयारीसहित केन्द्रमा प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बोर्डले कार्यालय स्थापना गर्ने उनले जानकारी दिए । यद्यपि बोर्डको यस निर्णयमा भने असुन्तुष्टि रहेको बोर्डका एक सन्चालकले जानकारी दिए । खासगरी पर्यटक नआएर बोर्डको आम्दानी सुकेको छ । किनकी पर्यटन बोर्डको मुख्य आम्दानी त्रिभुवन विमानस्थल हुँदै बाहिरिने पर्यटकबाट उठाउने एक हजार रुपैयाँ हो । यसबाहेक पदयात्रामा जाने पर्यटकलाई दिइने कार्ड टिम्सको बिक्री हो । तर, बोर्डले भने बजेट अभावका बाबजुत प्रदेश कार्यालय स्थापनाको प्रक्रिया थालेको भन्दै असन्तुष्टि बढेको हो ।
सरकारसँग बजेट माग
बोर्डले चालु आर्थिक वर्षको बजेटमा प्रदेश कार्यालय स्थापनाको प्रयोजनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । यद्यपि पर्यटक आगमन अझै अन्यौलमा रहेका कारण यो वर्ष बोर्डले प्रक्षेपण गरेजति आम्दानी हुने अवस्था भने देखिएको छैन । सीइओ रेग्मीका अनुसार यो रकम अपुग हुने अवस्थामा तालुक मन्त्रालयसँग हरेक प्रदेशका लागि १(१ करोड रुपैयाँ बजेट माग गरिएको छ । बोर्ड सन्चालक समिति अध्यक्ष पर्यटन मन्त्रालयका सचिव हुने प्रावधान छ । प्रदेशस्तरमा हुने पर्यटन प्रवर्द्धनका लागि बोर्डको प्रदेश स्तरीय संरचना आवश्यक रहेको निष्कर्षमा पुगिएको सीइओ रेग्मीले बताए ।

Share.

Leave A Reply