play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको कारोबारमा बृद्धि

0


पुस,२८।
माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ । हिजोदेखि माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ । गएका वर्षहरुमा जस्तै यसपाली सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिएको छ । सस्तोसँगै मिठो र यो तरुलले तरकारीमा आलुको पनि काम गर्ने भएकाले उपभोक्ताको आकर्षण यसमा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । उहाँकाअनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । सिमल तरुलको कारोबार यसपालि खासै नभएको व्यवसायीले बताएका छन् । यस्तै यसपालि स्कूसको जराको पनि खासै कारोबार नभएको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । पोहोर परार स्कूसको जराको कारोबार धेरै हुने गरेकोमा यसपालि घटेको उहाँको भनाइ छ । बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले भाउ खासै नबढ्ने पनि उहाँले बताउनुभयो ।

Share.

Leave A Reply