play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कालिका नगरपालिका९,सिन्ती झरना संरक्षणका लागि डस्टबिन वितरण

0

पौष,२७।
कालिका नगरपालिका ९ ,सिन्ती झरना शक्तिखोरमा ग्रिन प्लानेट नेपालद्धारा आयोजित झरना तथा वातावरण संरक्षण सम्बन्धि अन्तरक्रियात्मक कार्यत्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा झरना संरक्षणका लागि डस्टबिन वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका कालिका नगरपालिका ९,का अध्यक्ष हेम बहादुर क्षेत्रिले झरना संरक्षणमा नगरपालिकाको बजेट परेको तर, फेरी ६५ लाखको काम गर्न नसकेर फिर्ता गएको र असार मसान्तमा पैसा आएर पनि काम गर्न नभ्याईएको जानकारी दिनुभयो । साथै , आगामि दिनमा विशेष कार्यक्रम आयोजना गरी झरना संरक्षणमा लाग्नेमा समेत क्षेत्रिले जोड दिनुभयो ।

झरनाले स्थानियको व्यापार व्यवसायमा टेवा पुग्ने,पार्किङको उचित व्यवस्थापन गरी झरना हेर्नका लागि आउने व्यक्तिहरु लाई फोहोर जथाभावी फाल्न नदिन कार्यक्रमका सभाअध्यक्ष तथा ग्रिन प्लानेट नेपालका अध्यक्ष निशान दाहालले आग्रह गर्नुभयो । र,ग्रिन प्लानेटले आगामी दिनमा झरना र त्यहाँको वातावरण संरक्षण गर्न पुनःथप कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा युरेशिया वाग्ले र कालिका ९का सदस्य लाल बहादुर गुरुङ,औकिल पुरी,दुर्व कुमारी राना र मान कुमारी बि।क सहभागि रहेका थिए । उक्त कार्यक्रमलाई स्मारिका अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

Share.

Leave A Reply