play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

सिरी ’ए’ फुटबलमा सासुओलोबिरुद्ध युभेन्ट्सको जित

0


पुष,२७।
इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए ।युभेन्ट्सविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । उसका पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए । दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २(१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३(१ को महत्वपूर्ण जित दिलाए ।

Share.

Leave A Reply