play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

0


पुष,२७।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ । महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख गरेको छ । तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो । संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए । तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ । त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ । यदि सिनेटले महाभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुनसक्छ । ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ ।

Share.

Leave A Reply