play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कोरोनाविरुद्धको अष्ट्रेलियन खोप नेपालमा परीक्षण गरिँदै,,,त्रिवि शिक्षण र धुलिखेल अस्पताल छनोटमा

0


पुष,२७।
अस्ट्रेलियन कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) को सहयोगमा चीनमा उत्पादन भएको खोप यहाँ क्लिनिकल ट्रायल गर्ने तयारी थालिएको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही साताभित्रै नेपालमा आइभीआईको सो खोपको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) शुरू गर्ने बताइएको छ । अष्ट्रेलिया कम्पनीको इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) र कोरियाली सहयोगमा चीनमा उत्पादन भएको सो खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमा क्लिनिकल ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरिसकेको छ । परिषदका प्रमुख रिसर्च अफिसर डा. मेघनाथ धिमालले तेस्रो फेजको क्लिनिकल ट्रायल बिरामीलाई नभई स्वस्थ व्यक्तिमाथि गरिने र त्यसको प्रभावकारिता हेर्ने बताए । नेपालमा कोरोना विरुद्धको खोपको तेस्रो फेजको क्लिनिकल ट्रायल निम्ति तयारी भएपनि सो खोपको फस्ट फेज र सेकेण्ड फेज ट्रायल यसअघि अष्ट्रेलियामा नै भइसकेको बताइएको छ । यो खोप हाल १२ देशमा क्लिनिकल ट्रायल भइरहेको र त्यसमध्ये नेपाल पनि एक रहेको विभागीय अधिकारीहरूले जानकारी दिएका छन् ।

Share.

Leave A Reply