play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

पालिकाहरूमा १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेन, प्रभावकारी काम गर्न अर्थमन्त्रीको आग्रह

0

 पुष २६,चितवन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पालिकाहरूमा विशेष प्राथमिकता दिएर पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग अर्थ मन्त्रालयमा आइतबार भएको बैठकमा अर्थमन्त्री पौडेलले पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न अनुरोध गर्नु भएको हो ।

पालिकामा पुगेको रकममध्ये एक खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्च गरे गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले कोरोनाबाट अति प्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

यसैगरी उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जुले समय तालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने बताउनुभयो ।

 

Share.

Leave A Reply