play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बेलायतमा रोकिएका यात्रुलाई नेपाल भित्र्याउ  नयाँ रणनीति बनाउन सुरु

0

पुष २६,चितवन । सरकारले बेलायतमा रोकिएका यात्रुलाई नेपाल भित्र्याउन नयाँ रणनीति बनाउन थालेको छ । बेलायतमा नयाँ स्वरूपको कोरोना देखिएसँगै सरकारले त्यहाँबाट हुने आवागमनमा रोक लगाएपछि थुप्रै यात्रु अड्किएका छन् । उनीहरूलाई कसरी ल्याउन सकिन्छ भनेर छलफल भइरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बताए । ‘बेलायत आउन र जान ठप्प भएपछि यात्रुहरू मारमा परेका छन् । यसलाई मध्यनजर गरेर कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने । अध्यागमन विभागले पुस ७ गते सूचना निकालेर बेलायतबाट नेपालमा प्रवेशमा रोक लगाएको थियो । बेलायतबाट यात्रुलाई सिधै वा ट्रान्जिट भएर आउन दिइए नेपालमा नयाँ भाइरस भित्रने उच्च जोखिम हुने आकलनसहित सीसीएमसीले स्वास्थ्य मन्त्रालयसहितका अधिकारीहरूसँग छलफल गरेको छ । ‘नयाँ कोरोना भित्रिए नेपालमा जोखिम बढ्ने अनुमान गरिएको छ,’ गुरागाईले भने, ‘त्यसका लागि अहिले नै होसियार हुनुपर्ने विषयमा छलफल भइरहेको छ ।’ सीसीएमसीमा भएको छलफलमा परराष्ट्र, अर्थ, रक्षा र स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय, नेपाली सेना र अन्य सुरक्षा निकायको पनि सहभागिता छ । ती निकायहरू सीसीएमसी सचिवालयको सदस्यका रूपमा रहेका छन् ।

Share.

Leave A Reply