भरतपुरमा टोयोटा गाडीको आधिकारिक वर्कसप

0

पुष २६, चितवन । जिनुइन अटो वर्ल्ड प्रा.लि. नामक अटो वर्कसपले भरतपुर–१० बालमन्दिर रोडबाट सेवा दिन थालेको छ । टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर रहेको अटो वर्ल्डले ग्राहकवर्गहरूलाई आइतबारदेखि सेवा प्रदान गर्न थालेको हो । सर्भिस सेन्टरको उद्घाटन युनाइटेड ट्रेडर्स सिण्डिकेटका जेनरल मेनेजर महेश कुमार एमले गरेका थिए । उनले कम्पनीका कर्मचारीलाई सेवाग्राहीको सन्तुष्टिका लागि काम गर्न सुझाव दिएका थिए ।

 

सर्भिस सेन्टरमा थ्रीडी ह्वील एलाइमेन्ट, डेन्ट रिपेयर, पेन्टिङ, भिकल सेनिटाइजेसन, लगायतका सेवा रहेका छन् । त्यहाँ एकै दिनमा २४ ओटासम्म गाडीको मर्मत गर्न सकिने बताइएको छ ।

उसले टोयोटा गाडीका ग्राहकका लागि मेम्बरसिप प्लान समेत सुरु गरेको जनाएको छ । गोल्ड, सिल्भर र प्लेटिनम गरी ग्राहकले तीन खाले प्लान छनौट गर्न सक्नेछन् । यी प्लान ५ देखि २० हजार सम्म पर्ने कम्पनीले जनाएको छ । मेम्बरसिप लिए वापत ग्राहकले ४८ पटक निःशुल्क कार वास लगायतका सुविधाको उपभोग गर्न पाउने बताइएको छ ।

 


शुभारम्भको अवसर पारेर अटो वर्ल्ड प्रा.लि.ले टोयोटा विन्टर क्याम्पको पनि सुरुवात गरेको छ । माघ १ गतेसम्म चल्ने सो क्याम्पका दौरान अटो वल्र्डले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको अटो वर्ल्डका एमडी इन्द्र रेग्मीले बताए ।

 

Share.

Leave A Reply