play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार

0


पुस,२६।
मोतिहारी(अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी(अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ ।मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने तयारी छ । यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डीपीआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट त्यस पाइप लाइनमार्फत अमलेखगञ्जमा रहेको निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र त्यही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य सुरु भएको एनओसी प्रदेश(२ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताउनुभयो । ‘निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउने स्वीकृति दिएपछि त्यस काम अगाडि बढाउन भारतीय आयल निगम (आइओसी) सँग यस सम्बन्धमा काम अगाडि बढाउन अनुरोध गरिएको छ’, प्रादेशिक प्रबन्धक रेग्मीले भन्नुभयो ।

Share.

Leave A Reply