पुष २५ ,चितवन । नेपालको पासपोर्ट (राहदानी) विश्वकै खराब सूचीमा परेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले दुई दिनअघि सार्वजनिक गरेको नयाँ दशकको रिपोर्टमा नेपालको पासपोर्ट १०१ औं स्थानमा रहेको छ। यसलाई सबैभन्दा खराब सूचीमा रहेको मानिन्छ। नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार उत्तर कोरिया र सुडान १०० औं स्थानमा रहँदा नेपाल १०१ औँ स्थानमा परेको हो। पासपोर्ट ईन्डेक्सले फ्री(भिसा र अन अराइभल भिसाको आधारमा यो सूची बनाएको हो। यो सूची अनुसार नेपालको पासपोर्टले जम्मा ३८ देशमा मात्रै फ्री–भिसा र अन अराइभल भिसा पाउन सकिने व्यवस्था रहेको छ। नेपालसँगै खराब सूचीमा प्यालेष्टाइन पनि समेटिएको छ। दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको छ। सूचीको अन्तिममा अफगानिस्तान रहेको छ। दक्षिण एसियाको भारत ८५ औँ स्थानमा छ भने विश्वकै शक्तिशाली दौडमा रहेको चीन ७० औँ स्थानमा अटाएको छ। विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जापानको पासपोर्ट दरिएको छ। जापानको पासपोर्टबाट १ सय ९१ देशमा फ्री–भिसा र अन अराइभल भिसा सजिलै लिन सकिन्छ।
नेपाली पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब
0
Share.