play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

कोरोनाको खोपका लागि स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्यकर्मीका नामावली संकलन गरिँदै

0

पुष २५ ,चितवन ।स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन सुरु गरेको छ । स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावली संकलन थालिएको हो । ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाटै संकलन भइरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदा खोप ल्याउन थप पहल हुने अपेक्षा राखेर तयारी तीव्र पारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । सरकारले खोप ल्याउने तयारी गरेको दाबी गरे पनि खोप लगाउन प्राथमिकतामा परेकाहरूको तथ्यांकसमेत थिएन । सरकारी योजनाअनुसार ५२ हजारभन्दा बढी महिला स्वयंसेविकाले पहिलो चरणमै खोप लगाउनेछन् ।अधिकांश जिल्लाबाट तथ्यांक आइसकेको शाखाले जनाएको छ । स्थानीयबाट आएको तथ्यांकलाई जिल्लाले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागका पठाउनुपर्ने व्यवस्था मिलाइएको छ । स्थानीय तहले संकलन गरेको विवरणकै आधारमा खोप दिइने भएकाले आफ्नो नाम समावेश भएरनभएको यकिन गर्न स्वास्थ्यकर्मीहरूलाई विभागले आग्रह गरेको छ । स्वास्थ्यकर्मीलाई पहिलो डोज लगाइसकेपछि ५५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने योजना सरकारको छ । उनीहरूको नाम मतदाता नामावलीबाट पनि संकलन गर्न सकिने विभागले जनाएको छ ।

Share.

Leave A Reply