play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आदर्श गृह नेपालले पायो हिंसा विरुद्ध अभियानमा पुर्व आइजीपी खनालको साथ

0

पुष २५ ,चितवन ।  पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आदर्श नारी विकास केन्द्र तथा आदर्श गृह नेपालले सञ्चालन गरिरहेको महिला हिंसाविरुद्धको राष्ट्रिय अभियानमा आफु साथै रहेको बताउनुभएको छ । शनिवार आदर्श गृह नेपालको अवलोकन का क्रममा चितवन आउनुभएका खनालले हिंसा विरुद्धको अभियानमा आफु संरक्षक भएर सधै सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले सामाजिक एवं मानवीय सेवामा संस्थाले पुर्याएको योगदानको उच्च प्रसंसा गर्नुभयो । संस्थाका संरक्षक एवं अध्यक्ष बरिष्ठ महिलाअधिकारकर्मी मीना खरेलले, खनालको उपस्थितीले हिंसा विरुद्धको अभियानमा अर्को इट्टा थपिएको महसुस भएको बताउनुभयो । उहाँले खनालको साथले आगामी दिनमा महिलामाथि हुने अपराध, हिंसा र घटना न्युनिकरणमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


नेपालभरी सञ्जाल विस्तारको क्रममा रहको यस संस्थाले विगत ३० बर्षदेखि अनवरत रुपमा असहाय, अनाथ, बालबालिकाको संरक्षण गर्नुका साथै घरेलु हिंसा , मानवबेचविखन, जवरजस्तीकणी, द्धन्द्ध लगायतबाट प्रभावित बनेका महिलाहरुका न्यायका लागि काम गर्दै आएको छ ।
अवलोकन मा खनाल संगै नागरीक समुहका अध्यक्ष निगम हुमागाई, सामाजिक अभियन्ता हिमाल उपाध्याय समेत हुनुहुन्थ्यो ।

Share.

Leave A Reply