play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

दानाको कच्चा पदार्थमा विदेशीको भर,,कुखुराजन्य उत्पादनको लागत मूल्य बढी

0


पुस,२५।
दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उहाँको तर्क छ । कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उहाँले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताउनुभयो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दो नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताउनुहुन्छ । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ । स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहनुभएका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताए ।

Share.

Leave A Reply