play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

0


पुस,२५।
नेपाली काग्रेसले सरकारको विरोध गर्दै आज ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ । देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउमा सहभागी हुने जनाइएको छ । कांग्रेसको पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा सम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार कांग्रेसले आज प्रदेश क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण प्रतिनिधिसभा विघटन भएको ठहर गर्दै कांग्रेस सडका उत्रिएको हो । प्रधानमन्त्री ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।

Share.

Leave A Reply