play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नवलपुरका सवै स्थानीय तहमा निःशुल्क बन्ध्याकरण शिविर हुने

0

पुष २४,चितवन । नवलपुर जिल्लाका सवै स्थानीय तहमा निःशुल्क बन्ध्याकरण शिविर हुँदैछ । सन्तानका रहर पुगेकाहरुलाई लक्षित गरी कार्यक्रम हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो । माघ ७ गतेदेखि संचालन हुने शिविर माघ २९ गतेसम्म चल्नेछ । महिला तथा पुरुषका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर विशेषज्ञ टोलीसहितको सहभागीतामा संचालन गरिनेछ । माघ ७ गते देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रबाट शुरु हुने शिविर माघ २९ गते गैंडाकोटको प्रस्तावित गैंडाकोट नगर अस्पताल पिजौजी मा संचालन गरिनेछ ।

Share.

Leave A Reply