पुष २४,चितवन । नवलपरासी पूर्व (नवलपुर)लाई पोखरासँग जोड्ने सडकको काम सुस्त गतिमा हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। नवलपरासीलाई प्रदेशसँग जोड्ने महत्त्वपूर्ण सडकका रुपमा हेरिएको भए पनि निर्माणको कामले भने गति लिन सकेको छैन् । आफ्नै प्रदेशको बाटो हुँदै पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती(बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो । कावासोतीको फलफूल चोक – बोझापोखरी – कोखेटार हुँदै निर्माणाधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करिडोरमा जोडिने सडक डेढगाउँबाट तनहूँको भिभाद हुँदै खैरेनिटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधै जोड्ने छ । अहिले यहाँका बासिन्दा चितवन(मुग्लिङ हुँदै वा बुटवल( स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने अवस्था छ । वर्षौंपछि सडक निर्माणको काम थालनी भएको तर, समयमा काम पूरा नहुँदा अहिले हिउँदको समयमा धुलो उडेर हैरान भएको कावासोतीकी पवित्रा सुनारले बताउनुभयो । कावासोती – बोझापोखरी र बोझापोखरी – कोखेटार गरेर सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्रे र त्यसपछिको ६ किलोमिटर ग्राभेल यस्तै दोश्रो खण्डमा सबै २० किलोमिटर ग्राभेल गर्ने गरेर ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ । तर, अहिलेसम्म पहिलो खण्डमा २० प्रतिशत र दोश्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ ।
नवलपुर लाईउ पोखरासँग जोड्ने सडकको काम सुस्त ,जनतालाई हैरानी
0
Share.