पुष २४,चितवन । निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरु पक्राउ गरेका छन् ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने थाहा पाएपछि केही युवाहरु ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए । उनीहरुमध्ये ७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी अनुपशम्शेर जबराले जानकारी दिए ।