प्रधानमन्त्री ओलीलाई नेकपा प्रचण्ड-नेपाल चितवन समुहको विरोधपत्र बुझाईयो

0

पुष २४,चितवन । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन प्रचण्ड(नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको छ । नेकपा प्रचण्ड(नेपाल समुहले आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको हो । विरोधपत्रमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अलोकतान्त्रीक तथा असंवैधानिक भएको उल्लेख गरिएको छ । विरोधपत्रमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध जस्तो सुकै संघर्षको कार्यक्रम गर्ने नेपाली जनता तयार रहेको चेतावनी समेत दिइएको छ । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकारी नदिएको संविधानको धारा एकपटक पढेर तत्काल माफि मागी संसद पुनःस्थापना गर्न पनि विरोधपत्र मार्फत माग गरिएको छ । विरोधपत्र बुझाउनु सहभागी प्रचण्ड नेपाल समुहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनिहरुले संसद विघटन अलोकतान्त्रीक तथा असंवैधानिक कदम भएको भन्दै तत्काल संसद पुनःस्थापनाको माग गरेका थिए ।

Share.

Leave A Reply