प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई विरोधपत्र बुझायो

0

पुष २४,चितवन । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाण्डौ जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।

Share.

Leave A Reply